७ अपि्रल १९७३ को मध्याह्न । म लन्च खाँदै थिएँ । विदेश सचिव केवल सिंहको फोन आयो । उनले मलाई तुरुन्त आउन भने । म हतारहतार फरेन अफिस पुगें । उनले बडो हार्दिकतापूर्वक मेरो स्वागत गरेर भने,
'तपाईंलाई तुरुन्तै सिक्किम सरकारको जिम्मेवारीमा पठाइँदै छ । सिक्किम प्रशासन
'कोल्याप्स' भएको छ र चोग्याल
-सिक्किमका राजा) ले हाम्रो सहयोग खोजेका छन् । त्यहाँका जनता प्रजातान्त्रिक प्रणालीको माग गर्दै सडकमा उत्रेका छन् । तपाईं जतिसक्दो चाँडो पुगेर जिम्मेवारी सम्हाल्नुपर्नेछ । त्यहाँको स्थिति फेरि सामान्य बनाउनुपर्नेछ र जनताको मागलाई ध्यानमा राखेर राजनीतिक समाधान खोज्नुपर्नेछ । यो अलि कठिन 'असाइनमेन्ट' हो । तपाईं त्यो अवस्था सम्हाल्न सक्नुहुन्छ र तपाईंको कूटनीतिक क्षमतामाथि हामीलाई विश्वास छ ।'
Showing posts with label फिचर र रिपोर्ट. Show all posts

Thursday, November 27, 2014
Friday, July 6, 2012
अनियमितताप्रति सरोकारवालाको चासो, तुलसीपुर नगरपालिका भ्रष्टाचार काण्ड
गोकर्ण पौडेल
तुलसीपुर, असार २१ । तुलसीपुर नगरपालिकामा भएका आर्थिक अनियमितताका घटनाहरु एकपछि अर्को गर्दै धमाधम सार्वजनिक हुन थालेपछि सरोकारवाला निकायले आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । रिपोर्टर्स क्लव दाङ शाखाले बिहीबार तुलसीपुरमा आयोजना गरेको ‘आर्थिक अनियमतितामा हाम्रो चासो’ विषयक साक्षात्कार कार्यक्रममा बोल्दै तुलसीपुर क्षेत्रका सरोकारवालाहरुले नगरपालिकाभित्र भएको आर्थिक अनियमितताको यथासिघ्र छानविन गर्न माग गरेका छन् ।
तुलसीपुर नगरभित्र भएको अनियमितताको बारेमा सहभागीहरुले सत्यतथ्य छानबिन गर्न नगरपालिकालाई आग्रह गरेका थिए । कार्यक्रममा सहभागी तुलसीपुरका सरोकारवालाले भ्रष्टाचार ठूलो सानोभन्दा पनि त्यसको न्यूनीकरणका लागि दोषीमाथि कारवाही हुनुपर्ने बताएका थिए । कार्यक्रममा तुलसीपुर नगरपालिकाका पूर्व मेयर ढुण्डिराज लामिछानेले फूलबारीको डम्पिङ्ग साइड खरिद प्रक्रिया त्रुटिपूर्ण भएको दावि गर्नुभयो । पूर्वमेयर लामिछानेले घटनाको छानविन गर्नका लागि प्रमुख जिल्ला अधिकारीबाट पहल शुरु गरिनु पर्ने सुझाव दिनुभयो । त्यसैगरी उहाँले वातावरण सरसफाई सम्वन्धी सार्वजनिक भएको भ्रष्टाचारका विषयमा नगरपालिकाले आन्तरिकरुपमा छानविन गरी त्यसका आधारमा वास्तविकता सार्वजनिक गरिनु पर्ने बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत नोखिराम वलीले डम्पिङ्ग साइडको जग्गा खरिद प्रकरण आफू आउनु भन्दा पहिले घटेको हुँदा यस विषयमा आफूले फाइल अध्ययन गरी रहेको जानकारी दिनुभयो । उहाँले वातावरण शाखा प्रमुखबाट गरिएको भनिएको आर्थिक अनियमितताका सम्वन्धमा आफ्नो अध्ययन शुरु भएको जानकारी दिनुभएको थियो । अध्ययनकै क्रममा गत असारदेखि माघ महिनासम्ममा कुनै अनियमितताको प्रमाण फेला पार्न नसकेको जनाउँदै कार्यकारी अधिकृत वलीले अध्ययनका क्रममा कसैबाट आर्थिक अनियमितता भएको पाइएमा कसैलाई पनि नछोड्ने जनाउनु भयो । ‘वातावरण प्रमुखबाट १६ महिनाको भ्रष्टाचार भएको खबर सार्वजनिक भएको अवस्थामा ७ महिनासम्मको मात्रै अध्ययन गर्न भ्याएको हुँदा अहिले नै केही भनिहाल्न सकिदैन’– वलीले भन्नुभयो ।
सर्वदलीय बैठकबाट नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मीको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन गरिएको भोलिपल्ट संयोजकबाट स्वास्थ्यको कारण देखाउँदै जिम्मेवारी अस्विकार गरेपछि विभिन्न निकाय र ब्यक्तिको राय सुझावको आधारमा आफैले छानबिन शुरु गरेको वलीले जानकारी दिनुभयो ।’
कार्यक्रममा नेपाली कांग्रेसका माधव लामिछाने, नेकपा एमालेका केशव सापकोटा र नेकपा माओवादीका प्रदीप वलीले तत्कालीन समयमा गठित राजनीतिक संयन्त्रले डम्पीङ्ग साइड फुलबारीमा उपयुक्त भएकाले खरिदका लागि निर्णय गरेको बताउनुभयो । तर, कति र कुन दररेटमा खरिद भयो, आपूmहरुले थाहा नपाएको उहाँहरुले जानकारी दिनुभयो । रिपोर्टर्स क्लव दाङ शाखाका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल राष्ट्रिय यातायात ब्यवसायी महासंघका सचिव सुरेश हमाल, तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव विमल रिजाल, मानवअधिकार तथा शान्ति समाज दाङ शाखा सभापति सुशील बस्नेत, गोरक्ष राष्ट्रिय दैनिकका प्रकाशक एवं मानवअधिकारकर्मी तेजबहादुर कार्की र पत्रकार संगीत वस्यालले आर्थिक अनियमिताका विषयमा छानबिन शुरु गर्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रमको सहजीकरण सचिव विमल गौतमले गर्नुभएको थियो ।
यसैबीच तुलसीपुर नगरपालिकाको अगुवाइमा टिकरीमा निर्माण गर्न लागेको कल्भटको अनुगमन तथा निरीक्षण गरिएको छ । नगरपालिकाका कार्यकारी अधिकृत नोखिराम वलीको नेतृत्वमा गएको राजनीतिक दल, पत्रकार, नगरपालिकाका कर्मचारीहरुको संयुक्त टोलीले निर्माणाधीन कल्भटको निरीक्षण गरेको हो । टोलीले कल्भट स्टिमेट अनुसार निर्माण भएको ठहर गरेको छ । नगरका सुचना अधिकृत झरेन्द्र खरेलले दिएको जानकारी अनुसार कल्भटको निर्माण कार्य १५ प्रतिशत बाँकी रहेको ठहर गरेको छ । केही दिनअगाडि स्टिमेट अनुसार काम नभएको भन्दै समाचार प्रकाशन भएको थियो । कल्भर्ट तुलसीपुर नगरपालिका–८ टिकरीको समी खोलामा निर्माण हुन लागेको छ ।

Wednesday, June 20, 2012
रिलिजको पर्खाइमा राप्तीका युवाहरुको ‘भैहाल्छ नि’
ऐरावती समाचारदाता

दाङ, ९ माघ : फागुनको तेस्रो साताबाट देशभर रिलिजको तयारीमा रहेको नेपाली कथानक चलचित्र ‘भैहाल्छ नि’को निर्माण समूहमा राप्तीका युवाहरुको बर्चस्व रहेको छ । चलचित्रका प्रमुख दुई निर्मातामध्य एकजना दाङका नेपाल विद्यार्थी संघका युवा नेता रमेश पाण्डे हुन् । त्यसैगरी चलचित्रका २ नायकमध्य मुख्य पात्र दाङकै बिशाल पोख्रेल रहेका छन् ।
त्यसैगरी चलचित्रका दुईजना संगीतकारहरु पनि दाङकै रहेका छन् । दाङका सङ्गीतकारद्वय यादव योगी र गोबिन्दमधुर आचार्यले चलचित्र ‘भैहाल्छ नि’को सङ्गीत गरेका छन् । योगीले यसअघि चलचित्र ‘खबरदार’ र पछिल्लोपटक चलचित्र ‘दबदबा’मा सङ्गीत दिएका छन् । गोविन्दमधुर आचार्यले यसअघि ‘धर्तिपुत्र’मा सङ्गीत दिएका छन् । आचार्य पछिल्लो समयमा सुगम सङ्गीतमा चर्चित छन् । डिभोर्स नामक एल्बमका लागि अन्जु पन्तको स्वरमा रहेको ‘मर्छुृ बरु छटपटीमा ..’ बोलको गीतको संगीतले आचार्यको चर्चा बढेको हो ।
चलचित्र ‘भैहाल्छ नि’मा दाङका अर्का युवा पङ्कज शर्मा पनि कलाकारका रुपमा आएका छन् । पूर्णरूपमा हाँस्य तथा सन्पेन्स थ्रिलर चलचित्र भनिएको चलचित्र कलर्स मुभी एण्ड इन्टरटेन्मेन्टको प्रस्तुतिमा रहेको छ । रोल्पाका युवा एवं उदीयमान निर्देशक एमएस अग्रजले निर्देशन गरेको यो चलचित्रमा हरि हुमागाईंको छायाड्कन, दिनेश अधिकारीको नृत्यनिर्देशन तथा रोशन श्रेष्ठको द्वन्द्वनिर्देशन रहेको छ । चलचित्रमा दाङ घर भई राजधानीमा कार्यरत पत्रकार एवं चर्चित गीतकार लोकराज अधिकारीले पत्रकारकै भूमिकामा देखिएका छन् ।
पत्रकार अधिकारी यसै चलचित्रमार्फत् चलचित्रका सोलो गीतकारका रुपमा आएका छन् । अधिकारीले यसअघि प्रदर्शित ‘खबरदार’, ‘के यो माया हो’ चलचित्रमा पनि गीत लेखिसकेका छन् । प्रदर्शनको क्रममा रहेका चलचित्रहरु ‘पल्टन’, ‘दबदबा’, ’धर्तिपुत्र’, ’ब्ल्याकमेल’ ‘मंगोलियन फाइटर र ‘बाचा’मा पनि लोकराजले गीत लेखेका छन् । सुगम पोखरेल, अर्जुन पोखरेल, अशोक राई, यादव योगी, गोबिन्दमधुर, सूर्यमणि दयालु लगायतका सङ्गीतकारहरुसँग काम गरेका अधिकारीले सुगम सङ्गीतमा सन्तोष श्रेष्ठको सङ्गीत र अञ्जु पन्तको स्वरमा रहेको चर्चित आधुनिक गीत ‘तिमीले पराई ठाने पछि…’ बोलको गीतबाट सुगम सङ्गीतमा उत्कृष्ट गीतकारको बिन्ध्यबासिनी अवार्ड पाइसकेका छन् । चलचित्रमा रहेका ६ वटा गीतमा १० जना कलाकारको स्वरले सजिएको छ । जसमध्ये रेणु विष्ट, गोविन्दमधुर आचार्य र विपीन घिमिरे दाङकै गायकगायिका हुन् ।
नेपाली कथानक चलचित्र ‘भैहाल्छ नि’

Subscribe to:
Posts (Atom)